बंलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको संख्या ४० हजार
काठमाडाैं । बंगलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ । हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको संख्या ४० हजार पुगेको छ । यो संख्या १० वर्षअघिको तुलनामा आधा रहेको स्वास्थ्यमन्त्री जाहिद मालेकले बताएका छन् ।
‘दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८० हजार जनाको मृत्यु हुने गर्दथ्यो। यो अहिले ४० हजारमा झरेको छ, ‘जाहिद मलेकले बुधबार एक कार्यशालामा उल्लेख गरेका छन् ।’
उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् । क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैंगिक कार्य योजना २०२१-२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो संकेत नभएको बताएका छन् ।
‘यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड-१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ।
‘यो अवस्था धेरै चिन्ताजनक छ । मृत्युदर शून्यमा पु-याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ,’ उनले भने । उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् ।
‘हामीले बंगलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं। हामीले देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं। हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छै,’ उनले भने ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया