भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित ३१ जनाविरूद्ध मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ३१ जनाविरूद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसमेत ३१ जना उपर मुद्दा दायर गरेको हो ।
अख्तियारमा धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको अख्तियारले जनाएको छ ।
गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यमा संलग्नता रहेका अन्य व्यक्ति समेतलाई एनमा उल्लेख गरेअनुसार सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया