सर्वोच्चको निर्णयले युपीका मुख्यमन्त्रीलाई राहत
काठमाडौं । सर्वोच्च अदालतको एउटा निचोडले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई आज ठूलो राहत मिलेको छ ।
भडकाव भाषण गरेको वर्षौं पुरानो घटना उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको थियो । जसलाई अदालतले इन्कार गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आदित्यथानमाथि यस्ताे अाराेप लागेकाे भने सन् २००७ मा हाे । पुरानाे भए पनि यसले उनलाइ पछ्याउन भने छाडेकाे छैन । याे मामला मे २०१७ मा पनि यूपी सरकारमा पुगेको थियो । तर उसले पर्याप्त प्रमाण नपुगेको भन्दै अघि बढाउने अनुमति दिन इन्कार गर्यो । त्यसपछि अर्को वर्ष सन् २०१८ मा इलाहाबाद उच्च अदालतले पनि राज्य सरकारको यही निर्णयलाई समर्थन गरेर योगीको पक्षमा फैसला गरेको थियो । सर्वोच्चले पनि योगीको पक्षमा निचोड दिएपछि उनलाई राहत मिलेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया