सर्वोच्चको निर्णयले युपीका मुख्यमन्त्रीलाई राहत
काठमाडौं । सर्वोच्च अदालतको एउटा निचोडले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई आज ठूलो राहत मिलेको छ ।
भडकाव भाषण गरेको वर्षौं पुरानो घटना उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको थियो । जसलाई अदालतले इन्कार गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आदित्यथानमाथि यस्ताे अाराेप लागेकाे भने सन् २००७ मा हाे । पुरानाे भए पनि यसले उनलाइ पछ्याउन भने छाडेकाे छैन । याे मामला मे २०१७ मा पनि यूपी सरकारमा पुगेको थियो । तर उसले पर्याप्त प्रमाण नपुगेको भन्दै अघि बढाउने अनुमति दिन इन्कार गर्यो । त्यसपछि अर्को वर्ष सन् २०१८ मा इलाहाबाद उच्च अदालतले पनि राज्य सरकारको यही निर्णयलाई समर्थन गरेर योगीको पक्षमा फैसला गरेको थियो । सर्वोच्चले पनि योगीको पक्षमा निचोड दिएपछि उनलाई राहत मिलेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया