लिग च्याम्पियन मछिन्द्रलाई फिफा अध्यक्षले दिए बधाई
काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको सहीद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएका छन् ।
अध्यक्ष इन्फान्टिनोले मछिन्द्रलाई आज बधाई दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ ।
‘लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रलाई फिफा अध्यक्षले शुभकामना सन्देश पठाउनुभएको छ’, एन्फाले आज आफ्नो फेसबुक पेजमा लेखेको छ ।
शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई २–१ गोल अन्तरले हराएर अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन बनेको हो ।
मछिन्द्रले लगातार दोस्रो वर्ष लिगको उपाधि जितेको हो । हालसम्म मछिन्द्रले दुईपटकमात्र उपाधि जितेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया