भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदै
काठमाडौं । भारत र पाकिस्तानबीचको बहु प्रतिक्षित खेल आज हुँदैछ । टी २० एसिया कपको समूह चरणको खेलमा कट्टर दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुन लागेका हुन् ।
२०२१ मा भएको टी २० विश्वकपमा पाकिस्तानसँग शर्मनाक १० विकेटको हार बेहोरेको भारतले आज पाकिस्तानसँग खेल्न लागेको हो । दुबईमा हुने खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानकाे सम्बन्ध राम्राे नभएकाेले क्रिकेटकाे खेल नै दुष्मनी जत्तिकै हुँदै अाएकाे छ ।
यी दुईबीच अहिलेसम्म ९ टी २० का खेल हुँदा भारतले ७ र पाकिस्तानले २ खेल जितेका छन् ।
पछिल्लो समय टी २० मा पाकिस्तान गज्जव लयमा छ । भारतका विराट कोहली पछिल्लो समय खराब लयमा छन् । यसैले आजको खेलमा उनले प्रभावशाली प्रदर्शन गर्छन् कि गर्दैनन् भन्नेमा पनि उत्तिकै चासो छ ।
पाकिस्तानका बाबर आजम, शदाम खान, आशिफ अलि, फाखर खान, मोहम्मद रिजवानसहितका खेलाडीले प्रभाव पार्न सक्नेछन् । अघिल्लोपटक भारतलाई हराउन महत्वपूर्ण भूमिका खेलेका साहिन शाह अफ्रिदी चोटका कारण नहुँदा भारतलाई धेरै राहत हुन सक्छ ।
भारतका रोहित शर्मा, विराट कोहली, केएल राउल, रिसभ पन्त, हार्दिक पाण्ड्यासहितका खेलाडीले प्रभाव पार्न सक्नेछन् ।
याे समूहकाे अर्काे टाेलीमा हङकङ छ ।
गएराति भएकाे समूह बीकाे खेलमा अफगानिस्तानले श्रीलंकामाथि ८ विकेटकाे शानदार जित हात पारेकाे थियाे । साे समूहकाे अर्काे टाेलीमा बंगलादेश छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया