नागरिकता विधेयकलाई विधायन समितिमा पठाइयो
काठमाडौं । राष्ट्रिय सभाले नागरिकता विधेयकलाई छलफलका लागि विधायन समितिमा पठाएको छ । राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
तर आइतबार राष्ट्रियमा सभामा गृहमन्त्री बालकृष्ण खाँणले विधायन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
यस अघि सरकारले सदनमा नै विधेयकमा छलफल गर्नुपर्ने बताउँदै आएको थियो । सत्तारुढ दलको माग पनि यही थियो । तर आफ्ना मागबाट उनीहरू पछाडि हटेका हुन् ।
आफ्नो चासोमा प्रतिनिधिसभाले बेवास्ता गरेपछि राष्ट्रपतिले असन्तुष्टि देखाएकी थिइन् । उनले राजीनामा दिनेसम्मको चर्चा भएको थियो । सैनिक अधिकारी, पूर्व जर्नेल र कानुनविद्सँगसमेत राष्ट्रपतिले छलफल गरेकी थिइन् ।
यो छलफलबाट पनि उनले राजीनामा गर्ने हो कि भन्ने संशय देखिएको थियो । तर उनले राजीनामा दिने मनस्थितिमा आफू नभएको सन्देश पनि दिइसकेकी छिन् ।
राष्ट्रपतिको असन्तुष्टिपछि पनि सत्तारुढ दल छलफलका लागि विधेयकलाई विधायन समितिमा पठाउन तयार भएका हुन् ।
अब विवादित बन्न पुगेको नागरिकता विधेयकमा विधायन व्यवस्थापन समितिमा पहिले दफावार छलफल हुनेछ । त्यससपछि समितिले प्रतिवेदनसहित फेरि राष्ट्रियसभामा पेश गर्छ ।राष्ट्रिय सभाको अर्को बैठक १६ भदौमा बस्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया