झापामा हात्ती आएको सूचना दिन ‘साइरन’ मेसिन जडान
झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन।
व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ । उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेको हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।
साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।
‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’, उज्यालो नेपालका स्वयंसेवक थापाले भने, ‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’ (रासस)
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया