एक–अर्काविरुद्ध खेलिरहेका दुई युक्रेनी खेलाडीले जब देशको हालत सम्झिए…
काठमाडौं । गएराति इंग्लिस प्रिमियर लिगअन्तर्गत इभर्टन र र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा भयो । सिटीले १–० ले जित्यो ।
इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा फिल फोडेनको एकमात्र गोलको मद्दतले सिटीले बाजी मारेको हो ।
तर, खेलको हारजितभन्दा अरु विषयले त्यहाँ धेरैलाई भावुक बनायो । अहिले रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । यसको असरबाट फुटबल जगत पनि अछुतो हुन सकेको छैन । यसै दृश्य गएराति मैदानमा देखियो ।
जब इभर्टन र सिटीका खेलाडी एक–अर्काविरुद्ध लड्न मैदानमा उत्रिए । त्यहाँ दुई प्रतिस्पर्धी खेलाडीबीच भएको दुश्यले दर्शकसँगै आम मानिसलाई भावुक बनायो ।
सिटीबाट खेलिरहेका एलेक्स जिनचेन्को र इभर्टनबाट खेलिरहेका भिटालिए मिकोलेन्कोबीच खेलअगाडि हात मिलाउने क्रममा भेट भयो । यी दुई युक्रेनीले खेलाडी देशको हालतबारे कुरा गरेर भावुक भए । आँखाभरी आँशु बनाए । एक–अर्कालाई अँगालो हालेर रोए ।
यो दृश्य देखेर युक्रेनको झण्डा बोकेर खेल हेर्न आएका केही दर्शकले पनि आँखाभरी आँशु बनाएका थिए ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया