आगामी निर्वाचनमा लाभका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नीतिगत आधारमा राजनीतिक दलहरूसँग चुनावी तालमेल नहुने प्रष्ट पारेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओलीलाई अघि सारिएको सन्दर्भमा एमाले प्रचार विभागद्वारा सोमबार राजधानीमा आयोजित अन्तक्र्रियामा पोखरेलले एमालेको धारणा प्रष्ट पारेका हुन् ।
‘एमालेले स्थानीय आवश्यकता अनुसार आपसी लाभको हिसाबमा दलहरूसँग चुनावी तालमेल गर्छ । अहिल्य नै कोसँग तालमेल गर्ने भनेर निष्कर्ष निकालेका छैनौं’, उनले भने, ‘एमालेले कुनै दलसँग पनि नीतिगत तालमेल गर्दैन । आपसी लाभको विषयमा जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्न सकिन्छ ।’
माओवादीसँग चुनावी तालमेल हुने÷नहुनेबारे पत्रकारले सोधेको विषयमा पोखरेलले जवाफ दिन चाहेनन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिट बाँडफाँटमा कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुनसक्ने अभिव्यक्ति दिएका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया