आगामी निर्वाचनमा लाभका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नीतिगत आधारमा राजनीतिक दलहरूसँग चुनावी तालमेल नहुने प्रष्ट पारेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओलीलाई अघि सारिएको सन्दर्भमा एमाले प्रचार विभागद्वारा सोमबार राजधानीमा आयोजित अन्तक्र्रियामा पोखरेलले एमालेको धारणा प्रष्ट पारेका हुन् ।
‘एमालेले स्थानीय आवश्यकता अनुसार आपसी लाभको हिसाबमा दलहरूसँग चुनावी तालमेल गर्छ । अहिल्य नै कोसँग तालमेल गर्ने भनेर निष्कर्ष निकालेका छैनौं’, उनले भने, ‘एमालेले कुनै दलसँग पनि नीतिगत तालमेल गर्दैन । आपसी लाभको विषयमा जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्न सकिन्छ ।’
माओवादीसँग चुनावी तालमेल हुने÷नहुनेबारे पत्रकारले सोधेको विषयमा पोखरेलले जवाफ दिन चाहेनन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिट बाँडफाँटमा कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुनसक्ने अभिव्यक्ति दिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया