बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । बुंगल नगरपालिका–३ का ३८ वर्षिय चालक जय बहादुर बोहराको मृत्यु भएको हो ।
सोही ठाउँका करिब ३९ वर्षिय हर्कबहादुर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर बिष्टले बताए ।
शनिबार बेलुका ५ बजेतिर घर निर्माणको लागि काठ बोकेर खोल्लेक जानेक्रममा बुंगल नगरपालिका– ३ स्थित बुंगल रन्लेक सडक खण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
बोहराको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बिष्टले जानकारी दिए ।
घाइते बोहराको अवस्था सामान्य छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया