पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडाैं । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ ।
जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५ : ३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यद्यपी ६.४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया