सातौंपटक निर्वाचन लड्न पौडेलले हाले पार्टीमा निवेदन
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बन्न कांग्रेस नेता रामचन्द्र पौडेलले निवेदन हालेका छन् ।
पार्टीले उम्मेदवार बन्न चाहनेको लागि आवेदन माग गरेपछि पौडेलले गृहजिल्ला तनहुँ १ बाट उम्मेदवार बन्ने भन्दै आवेदन हालेका हुन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जिीवी अधिकारीले पार्टीमा उम्मेदवारी हालेको जानकारी दिए ।
उनले उम्मेदवार बन्नुका कारणहरूमा सुशासन र पारदर्शिता दिन र गाउँको विकासलाई प्राथमिकता दिन भनेका छन् ।
यस अघि पौडेलले २०४८ सालयता ६ मध्ये पाैडेलले पाँचपटक तनहुँबाट जित्दै आएका छन् । तर २०७४ सालमा भने पौडेल पराजित हुन पुगेका थिए । एमालेका किसान श्रेष्ठसँग पौडेल पराजित भएका थिए । यसैले साताैंपटक उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
पौडेल तनहुँ १ बाट ६८०२ मतले श्रेष्ठसँग पराजित भएका थिए । यसपटक एमालेबाट श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा पुगेका छन् । गठबन्धनबाट चुनाव लड्ने हुँदा यसपटक उम्मेदवारको तालमेल मिलाउन निक्कै सकस पर्ने देखिएको छ ।
तनहुँमा शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, ध्रुव वाग्लेसहितका नेताले पनि प्रतिनिधिसभा क्षेत्रमा दाबी गर्दै आएका छन् । यी कांग्रेस नेताको दाबीको बीच तनहुँका २ मध्ये एउटा क्षेत्रमा मात्रै कांग्रेसले उम्मेदवार पाउँदैछ । एउटा क्षेत्र समाजवादीको भागमा पर्ने निश्चित छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया