तीजको अवसरमा प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’ मा नारीहरुलाई विशेष छुट

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरुमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवालिदाएक वर्षका लागि वार्षिक सेवा शुल्क लाग्ने अफर ल्याएको छ ।
‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसिमा छूटको बहार’ भन्ने नारासाथ सुरु हुने यो अफर यही भदौं १४ गते हरितालिका तीजका दिन देखि ३१ भदौं २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क मा १०० प्रतिशत नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिइ १ प्रतिशत मात्र एएमसि लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधि भित्रयो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणालिई विगत एक वर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्छन् ।
क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुन सक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया