१०२ रनको लक्ष्यमा पनि चुक्यो नेपाल, सन्दीपको उत्कृष्ट बलिङ फिगर पनि छायामा
काठमाडौं । सन्दीप लामिछानेसहितका बलरले उत्कृष्ट प्रदर्शन गरेको खेलमा ब्याटर नचल्दा १०२ रनको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन ।
केन्याविरुद्ध सन्दीपले ३.५ ओभरमा ९ रन दिएर ५ विकेट लिएको खेलमा नेपाल ७ रनले पराजित हुन पुग्यो ।
बलरलाई रक्षा गर्न गाह्रो पर्ने देखिए पनि केन्याका बलरले हार मानेनन् । राकेप पटेलले ३, ओटिनो, सेम र विराज पटेलले दुई दुई विकेट लिएर खेललाई जितसम्म पुर्याए ।
उनीहरूको उत्कृष्ट प्रदर्शनले सन्दीपले अहिलेसम्मको उत्कृष्ट बलिङ फिगरलाई छायाँमा पारिदियो ।
अन्तिम दुई ओभरमा जितका लागि १२ रन आवश्यक भए पनि नेपालले चार रन मात्रै जोड्दा रोहित पौडेलको महत्वपूर्ण विकेट गुमाउन पुग्यो ।
नेपालका लागि रोहित पौडेलले मात्रै दोहोरो अंकमा रन बनाउन सके । उनले ५५ बलमा ४७ रन जोडे । महम्मद आदिलको ८ रन दोस्रो सबैभन्दा बढीको रन बन्यो ।
केन्याको लागि लुकासले सबैभन्दा बढी लुकासले ३३, कोलिन्सले २० र सेमले १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
केन्याको जितसँग सिरिजमा २–२ को बराबरी भएको छ ।
अब भोलिकाे अन्तिम खेल फाइनलजत्तिकै हुनेछ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया