१०२ रनको लक्ष्यमा पनि चुक्यो नेपाल, सन्दीपको उत्कृष्ट बलिङ फिगर पनि छायामा
काठमाडौं । सन्दीप लामिछानेसहितका बलरले उत्कृष्ट प्रदर्शन गरेको खेलमा ब्याटर नचल्दा १०२ रनको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन ।
केन्याविरुद्ध सन्दीपले ३.५ ओभरमा ९ रन दिएर ५ विकेट लिएको खेलमा नेपाल ७ रनले पराजित हुन पुग्यो ।
बलरलाई रक्षा गर्न गाह्रो पर्ने देखिए पनि केन्याका बलरले हार मानेनन् । राकेप पटेलले ३, ओटिनो, सेम र विराज पटेलले दुई दुई विकेट लिएर खेललाई जितसम्म पुर्याए ।
उनीहरूको उत्कृष्ट प्रदर्शनले सन्दीपले अहिलेसम्मको उत्कृष्ट बलिङ फिगरलाई छायाँमा पारिदियो ।
अन्तिम दुई ओभरमा जितका लागि १२ रन आवश्यक भए पनि नेपालले चार रन मात्रै जोड्दा रोहित पौडेलको महत्वपूर्ण विकेट गुमाउन पुग्यो ।
नेपालका लागि रोहित पौडेलले मात्रै दोहोरो अंकमा रन बनाउन सके । उनले ५५ बलमा ४७ रन जोडे । महम्मद आदिलको ८ रन दोस्रो सबैभन्दा बढीको रन बन्यो ।
केन्याको लागि लुकासले सबैभन्दा बढी लुकासले ३३, कोलिन्सले २० र सेमले १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
केन्याको जितसँग सिरिजमा २–२ को बराबरी भएको छ ।
अब भोलिकाे अन्तिम खेल फाइनलजत्तिकै हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया