तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका तीज-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरेका छन् ।
उनले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गरेका छन् । विज्ञानको क्षेत्रमा भएका नयाँनयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया