तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् :उपराष्ट्रपति पुन
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज-२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
तीजका अवसरमा आज शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन् । हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उनको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।
चाड पर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया