७ अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अंकले घटेर दुई हजार ६५३.७० विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ
कूल २२४ कम्पनीको ७ लाख ४० हजार ५६३ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २७ करोड तीन लाख ६५ हजार ९१० रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहबाहेक सबैको शेयर मूल्य ओरालो लागेको छ । हाइड्रोपावर र अन्य कम्पनीको शेयरमूल्य क्रमश: १.०४ र ०.६५ अंकले बढेको छ ।
आज म्यानुफ्याक्चरिङ एण्ड प्रशोधनको सबैभन्दा धेरै १.०९ प्रतिशत सेयरमूल्य घटेको छ । बाँकीको सेयरमूल्य १ प्रतिशत भन्दा कम छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया