ज्ञानेन्द्र र रोहित चम्किएपछि केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको कब्जा
काठमाडौं । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले सानदार ब्याटिङ गरेपछि नेपालले केन्याविरुद्धको टी–२० सिरिज जितेको छ ।
पाँच खेलको सिरिज नेपालले ३–२ ले जितेको हो । अघिल्लो दिन १०२ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाल सात रनले पराजित हुँदै एक खेल अगावै सिरिज जित्नबाट बञ्चित भएको थियो । तर मंगलबार ब्याटिङमा नेपालको सानदार लय देखिएपछि सहजै केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जित्न सफल भएको हो ।
केन्याले २० अाेभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै जाेड्न सक्याे ।
केन्याविरुद्ध ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४४ बलमा ५९ रन बनाएका हुन् । यस क्रममा उनले २ छक्का र पाँच चौका प्रहार गरे । ५९ रन बनाउँदा उनी आउट भए ।
रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ४७ रन बनाए । अर्जुन साउदले २१ बलमा २९, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए ।
पवन सर्राफ १ रनमै आउट भए । बलिङतर्फ सन्दीप लामिछानेले दुई विकेट लिए ।
नेपालविरुद्ध इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ रन बनाए । अाेदियम्बाेले ३७ रन बनाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया