चर्चित कलाकार ‘जिग्री ब्रो’ ओलीसँग भिड्ने
काठमाडौं । चर्चित हाँस्य कलाकार कुमार कट्टेल उर्फ ‘जिग्री ब्रो’ ले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
ओलीको निर्वाचन क्षेत्र रहेको झापा–५ बाट कट्टेलले स्वतन्त उम्मेदवारी दिने तयारी गरेको बताए ।
‘मैले अहिलेसम्म उम्मेदवारी दिने घोषणा त गरेको छैन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी भइरहेको छ । मेरो मतदाता नामावली झापा–५ मा भएकाले उम्मेदवारी पनि त्यतैबाट दिने सोच बनाएको हो ।’
हाँस्य श्रृंखला ‘सक्किगोनि’ मा ‘जिग्री ब्रो’को नामले चर्चित रहेका कलाकार कट्टेल वरिष्ठ कलाकार सिताराम कट्टेलका भाइ हुन् । कुमारले उम्मेदवारी दिने तयारी गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालबाट प्रचारप्रसार व्यापक बनाएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया