चर्चित कलाकार ‘जिग्री ब्रो’ ओलीसँग भिड्ने
काठमाडौं । चर्चित हाँस्य कलाकार कुमार कट्टेल उर्फ ‘जिग्री ब्रो’ ले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
ओलीको निर्वाचन क्षेत्र रहेको झापा–५ बाट कट्टेलले स्वतन्त उम्मेदवारी दिने तयारी गरेको बताए ।
‘मैले अहिलेसम्म उम्मेदवारी दिने घोषणा त गरेको छैन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी भइरहेको छ । मेरो मतदाता नामावली झापा–५ मा भएकाले उम्मेदवारी पनि त्यतैबाट दिने सोच बनाएको हो ।’
हाँस्य श्रृंखला ‘सक्किगोनि’ मा ‘जिग्री ब्रो’को नामले चर्चित रहेका कलाकार कट्टेल वरिष्ठ कलाकार सिताराम कट्टेलका भाइ हुन् । कुमारले उम्मेदवारी दिने तयारी गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालबाट प्रचारप्रसार व्यापक बनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया