मोरङ ४ मा महेश आचार्यलाई गुरु घिमिरेको काउन्टर, कसले हात पार्ला टिकट ?
काठमाडौं । मोरङ ४ मा प्रतिनिधिसभाको उम्मेदवार बन्न कांग्रेस प्रभावशाली नेताहरूले निवेदन हालेका छन् । २०७४ सालको निर्वाचनमा माओवादीका अमनलाल मोदीसँग ६७२९ मतले कांग्रेसका महेश आचार्य पराजित भएको क्षेत्रमा योपटक तीनभन्दा बढी नेताले उम्मेदवारी दिन पार्टीमा निवेदन हालेका हुन् ।
अघिल्लोपटक फराकिलो मतान्तरले पराजित भएका आचार्यले फेरि पार्टीमा निवेदन हालेका छन् । तर उनलाई यसपटक पार्टीभित्रैबाटै युवा नेता गुरु घिमिरेले काउन्टर दिने भएका छन् । घिमिरेले पनि उम्मेदवार बन्न निवेदन हालेका छन् । अहिलेसम्म सांसद नभएका घिमिरे कांग्रेसमा बौद्धिक र इमान्दार नेताका रुपमा परिचित छन् ।
अहिलेसम्म पार्टीको प्रमुख भूमिकामा नपुगेका गुरु यसपटक उम्मेदवार बनेर चुनाव जित्ने दाउमा छन् । यो क्षेत्रबाट दिलीप खवास गच्छदारले पनि उम्मेदवारी दिन पार्टीमा निवेदन हालेका छन् ।
कांग्रेसमा भागमा पर्न मुस्किल
अघिल्लोपटक मोरङ ४ मा माओवादीका अमनलाल मोदी विजयी भएका थिए । उनले कांग्रेसमा महेश आचार्यलाई ६७२९ मतान्तरले पराजित गरेका थिए । मोदीले ३३५२९ र आचार्यले २६८०० मत ल्याएका थिए । सत्ता गठबन्धनले यसपटक चुनावी तालमेल गर्दैछन् ।
तालमेलको सुरुवाती समझदारीमा यसअघि जुन दलले जहाँ जितेको हो ती सिटमा सोही दलले उम्मेदवार उठाउने समझदारी भएको छ । यसैले माओवादीबाट टिकट खोस्न यसपटक कांग्रेसलाई सहज छैन । तर समानुपातिकमा लान सक्ने नेतालाई व्यवस्थापन गर्न सक्ने शर्तमा केही क्षेत्रमा भने दलको उम्मेदवार अदलबदल हुन सक्ने बताइन्छ । यस्तो अदलबदल हुँदा यसपटक कांग्रेसबाट गुरु घिमिरेको सम्भावना बढी रहेको बताइन्छ ।
१४ औं महाधिवेशनमा थोरै मतले प्रदेश सभापतिमा घिमिरे पराजित हुन पुगेका थिए । डा. शेखर काेइराला, सुजाता काेइराला र महेश आचार्यले भाेट नहाल्दा गुरू २ मतले उद्वव थापासँग प्रदेश सभापतिमा पराजित भएका थिए । यसपटक उनलाई डा. शेखर कोइराला पक्षले जसरी पनि उम्मेदवार बनाउने नीति लिएको छ ।
आचार्य भने १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । संस्थापन देउवा र डा. शेखर कोइराला कुनै गुटमा पनि नपरेका उनले स्वतन्त्र उम्मेदवारी दिएर ५८९ मत ल्याएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया