सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु
सिन्धुपाल्चोक । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् ।
मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।
खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।
ताजा अपडेट
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
प्रतिक्रिया