धादिङमा डेंगुका बिरामी बढ्दै
धादिङ । धादिङमा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ । मंगलबार मात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीलाई डेंगु पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।
अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ ।
डेंगु संक्रमित एकक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमणपछि मृत्यु भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया