रुसी तेल कम्पनीका मालिकको अस्पतालको छैटौं तलाबाट खसेर मृत्यु
काठमाडौं । रुसको विशाल तेल कम्पनीका मालिकको अस्पतालको झ्यालबाट खसेर निधन भएको छ ।
तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको हो ।
सेन्ट्रल क्लिनिकल त्यस्तो अस्पताल हो जहाँ रुसका राजनीतिक तथा व्यापारिक क्षेत्रका कुलीन वर्गका मानिसहरूले उपचार गर्छन् ।
सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको थियो ।
बिहीवार बिहान गोर्बाचोफको कफिनमा फूल चढाउन पुटिन त्यहाँ पुगेका थिए।
समाचारहरूमा जनाइएअनुसार, ६७ वर्षीय म्यागानोभ झ्यालबाट खसेर गम्भीर घाइते भएकामा चिकित्सकले उनलाई बचाउन सकेनन् ।
रुसी समाचार संस्था तासले सुरुमा उनी अस्पतालको छैटौं तलाबाट खसेको जनाएको थियो । तर पछि आत्महत्या भएको उल्लेख गरेको छ ।
रुसमा चर्चित व्यापारीहरूको रहस्यमय ढंगले मृत्यु भइरहेको छ । यहीबीच भएको म्यागानोभको मृत्युबारे पनि विभिन्न आशंका गरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया