सुदूरपश्चिममा आज गौरा पर्वको बिदा
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए ।
प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो ।
यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया