सुदूरपश्चिममा आज गौरा पर्वको बिदा
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए ।
प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो ।
यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया