उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरूद्द १८ लाख १० हजार बिगो मागसहित मुद्दा दर्ता
काठमाडाैं । मुगुको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरूद् अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले अध्यक्ष हस्तविर दमाई, वडाअध्यक्ष डबले शाही, जुम्लाका कार्यालाय प्रमुख शेर बहादुर श्रेष्ठसहित ६ जनाविरूद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
मुगुको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।
सो निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैरीखोला रावलवाडा तटबन्धन आयोजनामा कार्यको मूल्यांकनभन्दा बढी १८ लाख १० हजार ८४ रूपैयाँ ९६ पैसा भुक्तानी लिनेरदिने गरी आफूलाई गैरकानूनी लाभ पुर्याई भ्रष्टचार गरेको खुलेको छ । उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम सजयको मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया