पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म क्षतिपूर्ति भराउन सक्ने मिडिया काउन्सिल विधेयकमा के छ ?(पूर्णपाठसहित)

काठमाडौं । सरकारले आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाखसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा पेश गरेको विधेयकमा २५ हजारदेखि १० लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ । सरकारले प्रेस काउन्सिललाई विस्तापित गरी मिडिया काउन्सिल बनाउने गरी विधेयक ल्याएको हो । विधेयकको दफा १८ मा मिडियाका कारण पीडित पक्षले उजुरी गरेमा मिडिया काउन्सिलले क्षतिपूर्ति भराउने व्यवस्था गरिएको छ ।
यसअघि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले २०७६ मा मिडिया काउन्सिल विधेयक ल्याएका थिए । त्यतिबेला कांग्रेसलगायत विपक्षी दल, मिडिया जगतको व्यापक विरोधका कारण सरकारले विधेयक फिर्ता लिएको थियो ।
यस्तो छ सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयक
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया