नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक : एमसिसीको व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय
काठमाडौं । सिंहदरबार र बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद्को बैठक बानेश्वरस्थित संसद भवनमै बसेको छ । संसद् भवनको कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बैठकले एमसिसीमा व्याख्यात्मक टिप्पणीलाई संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको हो । सत्तारुढ दलबीच एमसिसीमा उठेका प्रश्नमाथि व्याख्यात्मक टिप्पणी गर्ने सहमतिपछि संसदबाट पास गर्ने सहमति बनेको थियो ।
सामान्य छलफलपछि आाधा घण्टालाई स्थगित भएको संसद् बैठक फेरि सुरु भएपछि मन्त्रिपरिषद्ले गरेको उक्त व्याख्यात्मक घोषणाको निर्णय पेश हुनेछ । त्यसपछि एमसिसीमा विस्तृत छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया