सरकार अमेरिकी सैन्य रणनीतिको विपक्षमा छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सांसदहरूले उठाएको प्रश्नहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) सम्बन्धी छलफलमा भाग दिँदै शर्माले सम्झौतामा सांसदहरूले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिवद्धता जनाएका हुन् ।
‘सम्झौतामा सैन्य रणनीतिबारे, सामजिक प्रतिष्ठा, बौद्धिक सम्पत्ति, राष्ट्रिय सुरक्षा, स्वाधिनता लगायत विषयमा प्रश्न उठेका छन्’, उनले भने, ‘स्वाधिनता नेपालीको सर्वाधिक महत्वको विषय हो । हामी जनप्रतिनिधिका लागि झनै महत्वको विषय हो । नेपालको राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताप्रति सरकार प्रतिबद्ध छ ।
उनले सरकार कुनै सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै एमसिसीलाई आर्थिक परियोजनाको रूपमा मात्र प्रयोग र्ने जिकिर गरे । उनले संविधानेले अंगिकार गरेको तीन खम्बे अर्थनीति सरकारले अगाडि बढाएकोले समाजवाद उन्मुख अर्थतन्त्रमा अगाडि बढ्न कसैले छेक्न नसक्ने दाबी गरे ।
उनले गठबन्धन सरकार गठबन्धनविरुद्ध बनेको सरकार भएको जिकिर गर्दै संविधान, लोकतन्त्रको संरक्षण र विकासका लागि प्रतिवद्ध रहेको बताए ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया