सत्ता गठबन्धनको निर्णायक बैठक बस्दै, सिट बाँडफाँटमा सहमति जुटाउने
काठमाडौं । सिट बाँडफाँटका लागि निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक आइतबार बस्ने भएको छ । गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठक बस्नुअघि गठबन्धन दलहरूले आन्तरिक र अन्तरपार्टी छलफल गरेका थिए । आइतबार बिहानमात्रै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको प्रचण्डका सचिवालयले जनाएको छ । आजको बैठकमा सिट बाँडफाँट र निर्वाचन क्षेत्रसमेतमा सहमति जुट्ने गरी छलफल केन्द्रीत रहने देउवाले बताए ।
‘प्याकेजमै छलफल हुनेगरी बैठक बस्न लागिएको हो’, उनले भने, ‘सिट बाँडफाँट, प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्रसमेत निर्धारण गरी सहमतिको प्रयास हुनेछ ।’
बिहीबार राति अबेरसम्म बसेको बैठकले दलहरूबीच विभिन्न खाकामा छलफल भएपनि कुनै निष्कर्ष निष्केको थिएन । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र भागबण्डामा दलहरूबीच सहमति भएको छैन ।
कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६० सिट, एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया