एमसिसीबारे व्याख्यात्मक घोषणा होइन भ्रमात्मक घोषणा हो : भीम रावल
काठमाडौं । एमाले नेता भीम रावलले एमसिसीबारे गरिएको भनिएको व्याख्यात्मक घोषणा भ्रमात्मक घोषणा भएको बताएका छन् । एमसिसीको विस्तृत छलफलमा भाग लिंदै रावलले एमसिसी नेपालीलाई ठग्ने सम्झौता भएको बताएका हुन् ।
‘सन्धी र सम्झौता दुई पक्षमा रुपमा हुनुपर्ने तर यस्तो भइरहेको छैन । अहिलेको यो ठगपत्र हो । यो पास भए निर्लज्ज, कलंकको रुपमा अंकित हुनेछ’ रावलले भने, ‘प्रतिनिधिसभामा आधा घण्टा समय दिनुस् यो कसरी राष्टघाती र नेपालको हित विपरीत छ भनेर म व्याख्या गर्छु ।’
यस अघि महाकाली सन्धीमा गरिएको संकल्प प्रस्ताव आज कहाँ छ भन्दै जनता झुक्याउन व्याख्या गरिएको भन्दै एमसिसी राष्ट्रघाती भएको दोहोर्याए ।
संसदमा एमालेको अवरोध जारी रहे पनि रावलले छलफलमा भाग लिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया