यी हुन् एमसिसीका विपक्षमा रहेका चार सांसदहरू
काठमाडौं । अमेरिकी अमेरिकी आर्थिक सहयोग सम्झौता एमसिसी संसदबाट ध्वनीमतमा बहुमतले पारित भएको छ । प्रतिपक्षी एमालेको अवरोधका बीच एमसिसी संसदमा ध्वनीमतले पारित भएको हो ।
सत्तारुढ दलसँग बहुमत भएकोले ध्वनीमतमा एमसिसी पारित भएको हो । एमसिसीका पक्षमा हुने सांसदले हात उठाएर समर्थन गर्दा हुन्न भन्नेमा चार सांसद मात्रै देखिए । जसमा एमालेका दुई र अन्य दलका दुई सांसद रहे । एमालेबाट भीम रावल र झपट रावलले एमसिसी पास गर्न हुन्न भन्नेमा हात उठाए ।
एमसिसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि विपक्षमा हात उठाउने सांसदमा परे ।
संसदमा प्रतिपक्षी दल एमाले निरनतर विरोधमा उत्रिंदै आएको छ । तर उसको विरोध सभामुखलाई हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्छ भन्नेमा हो । एमसिसीको विरोधमा होइन ।
एमसिसी अमेरिकी रणनीतिक र सैन्य मामिला भएको, नेपालको कानुनभन्दा माथि रहेको भन्दै विरोध भएपछि सरकारले १२ बुँदामा यसको व्याख्या गर्दै अनुमोदनमा लगेको हो । एमसिसी आर्थिक सहयोग मात्रै रहेको र रणनीतिक सैन्य सहयोग नभएको, नेपालको कानुनभन्दा माथि नरहेको सरकारले १२ बुँदे घोषणामार्फत् जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया