मनकामना केबलकार २५ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । मनकामना केवलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि केबलकार बन्द रहेको थियो ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको जनाएको छ । केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको, गिएर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने कार्य पनि सकिएको कम्पनीले जनाएको छ ।
साथै हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्यका अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएकाले अब केवलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
-
भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
प्रतिक्रिया