NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य ३०० रूपैयाँले उकालो

काठमाडाैं । मंगलबार सुनको मूल्य ३ सय रूपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

सोमबार छापावाल सुन तोलामा ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार पाँच सय रूपैयाँ कायम भएको छ ।

आज  चाँदी तोलामा १० रूपैया बढेर एक हजार ११२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा एक हजार ११५ रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष