बजाज इन्ट्रासिटी : यसपालिको चाड, उपहारसँगै स्वरोजगार

काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बीएस ६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याकसीमा सी वा बजाज आरई बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ याफ२२ स्मार्ट फोन पाउने अफर ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक, अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज आरई बीएस६ वा बजाज म्याकसीमा सी खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’
यो ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया