क्यामरूनमा अंग्रेजीभाषी पाँच जना मारिए
काठमाडाैं । अंग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुबाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन जना घाइते भएका छन् ।
कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन् । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एक जना वरिष्ठ सैनिक अधिकारीले सिह्वालाई फोनमा बताए । घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका उनले बताए । घाइते तीनैजना महिला हुन् । उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन् । देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया