कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा
काठमाडाैं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन सिंहलाई कोरोना भएको पुष्टि भएसँगै तारेखमा रिहा गरिएको हो ।
विरामी भएपछि सिंहलाई मंगलबार नै अस्पताल लगिएको थियो । तर प्रहरीले यो विषय गोप्य नै राखेका थिए । आज उनलाई उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हिजो मात्रै सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको थियो । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया