कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

काठमाडाैं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन सिंहलाई कोरोना भएको पुष्टि भएसँगै तारेखमा रिहा गरिएको हो ।
विरामी भएपछि सिंहलाई मंगलबार नै अस्पताल लगिएको थियो । तर प्रहरीले यो विषय गोप्य नै राखेका थिए । आज उनलाई उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हिजो मात्रै सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको थियो । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया