म निर्दोष छु, सिपिएल छाडेर केही दिनमा नेपाल आउँदैछु : सन्दीप
काठमाडौं । बलात्कारको संगीन आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । साथै उनले आधारहीन आरोपको कानूनी उपचार खोज्न केही दिनमै नेपाल फर्किंने बताएका छन् ।
बलात्कार गरेको नाबालिकाकाे आरोपबारे पहिलोपटक मुख खोल्दै लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका हुन् ।
‘म निर्दोष छु र नेपालको सम्मानित कानूनप्रति पूर्ण विश्वास राख्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिपिएल छाडेर केही दिनमा नेपाल फर्कंने निर्णय लिएको पनि उनले बताएका छन् । सन्दीप हाल सिपिएलमा सहभागी हुन जमैकामा छन् ।
सन्दीपले घटनामा जोडिएका सबैमाथि उचित अनुसन्धान हुने विश्वास पनि व्यक्त गरेका छन् ।
‘म यी सबै आधारहीन आरोप सामना गर्न तयार छु । निर्दोषलाई न्याय मिलोस् । र संलग्न सबैमाथि उचित अनुसन्धान होस् । आशा छ कि कानूनले समान गर्नेछ,’ उनले अगाडि लेखेका छन् ।
सन्दीपविरुद्ध गत मंगलबार एक नाबालिकालाई करणी गरेको उजुरी प्रहरीसमक्ष परेको छ । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ भने क्यानले पनि उनलाई निलम्बन गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया