म निर्दोष छु, सिपिएल छाडेर केही दिनमा नेपाल आउँदैछु : सन्दीप
काठमाडौं । बलात्कारको संगीन आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । साथै उनले आधारहीन आरोपको कानूनी उपचार खोज्न केही दिनमै नेपाल फर्किंने बताएका छन् ।
बलात्कार गरेको नाबालिकाकाे आरोपबारे पहिलोपटक मुख खोल्दै लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका हुन् ।
‘म निर्दोष छु र नेपालको सम्मानित कानूनप्रति पूर्ण विश्वास राख्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिपिएल छाडेर केही दिनमा नेपाल फर्कंने निर्णय लिएको पनि उनले बताएका छन् । सन्दीप हाल सिपिएलमा सहभागी हुन जमैकामा छन् ।
सन्दीपले घटनामा जोडिएका सबैमाथि उचित अनुसन्धान हुने विश्वास पनि व्यक्त गरेका छन् ।
‘म यी सबै आधारहीन आरोप सामना गर्न तयार छु । निर्दोषलाई न्याय मिलोस् । र संलग्न सबैमाथि उचित अनुसन्धान होस् । आशा छ कि कानूनले समान गर्नेछ,’ उनले अगाडि लेखेका छन् ।
सन्दीपविरुद्ध गत मंगलबार एक नाबालिकालाई करणी गरेको उजुरी प्रहरीसमक्ष परेको छ । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ भने क्यानले पनि उनलाई निलम्बन गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया