पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ : राष्ट्रपति पुटिन
काठमाडौं । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारण राखेका हुन् ।
रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः शुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक भएको अल जजीराले उल्लेख गरेको छ।
यसैबीच युरोपेली संघका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछन् । यद्यपि, यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ ।
यसैबीच, चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन्। फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजीराले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया