शब्द चित्रमा बेलायतकी महारानी एलिजाबेथको जीवनयात्रा
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । चिकित्सकको निगरानीमा रहेकी उनको बिहीबार निधन भएको हो ।
बेलायतको राजदरबार बकिंघम प्यालेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथको निधन भएको पुष्टि गरेको छ । बेलायतीले उनलाई निकै प्रेम गर्थे । उनको मृत्युले राज संस्थाप्रति प्रेम गर्ने बेलायती स्तब्ध बनेका छन् ।
एजिलाबेथ शासन सत्तामा आउनुमा अनौठो संयोग मिसिएको छ । प्रारम्भमा उनले बेलायतको शासन गर्ने कसैले अनुमान गरेका थिएनन् । राजा एडवार्ड आठौंले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौं र उनी उत्तराधिकारीका रूपमा आएका थिए ।
बाबुको निधनपछि बेलायतको शासन हातमा लिएकी उनले ७१ वर्ष शासन गरिन् । बेलायतको इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने व्यक्तिको इतिहास बनाएकी उनको सम्पूर्ण जीवन ताज र जनताको सेवामा समर्पित रह्यो ।
हेरौं उनको बाल्यकालदेखि वृद्धावस्थासम्म झल्काउने उनका केही तस्बिरहरू :
ताजा अपडेट
-
बुधबार ललितपुरमा सार्वजनिक बिदा
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
प्रतिक्रिया