इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा
काठमाडाैं । कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो । परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ ।
नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले धार्मिक महत्वका प्राचीन विषयवस्तुको इतिहास तथा महत्वबारे थप अनुसन्धान गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य बिना श्रेष्ठ सहभागी भएको समारोहमा कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मन्दिरको संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ९ (क) का सभापति मोहन बस्नेतले विविध जाति, धर्म, संस्कृतिले भरिएको नेपाली समाजमा विद्यमान सबै पर्व तथा संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरे ।
कुमारी क्लबका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सचिव मनोज राजभण्डारी र स्थानीय समाजसेवी दिवाकर थापाले त्यस क्षेत्रको बस्ती विकासका क्रममा खराब शक्तिले स्थानीयवासीलाई दुःख दिन थालेपछि कुमारीको स्थापना गरिएको जनविश्वासबारे जानकारी गराए । सो अवसरमा स्थानीयलाई प्रसाद वितरणसमेत गरिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया