इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा
काठमाडाैं । कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो । परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ ।
नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले धार्मिक महत्वका प्राचीन विषयवस्तुको इतिहास तथा महत्वबारे थप अनुसन्धान गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य बिना श्रेष्ठ सहभागी भएको समारोहमा कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मन्दिरको संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ९ (क) का सभापति मोहन बस्नेतले विविध जाति, धर्म, संस्कृतिले भरिएको नेपाली समाजमा विद्यमान सबै पर्व तथा संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरे ।
कुमारी क्लबका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सचिव मनोज राजभण्डारी र स्थानीय समाजसेवी दिवाकर थापाले त्यस क्षेत्रको बस्ती विकासका क्रममा खराब शक्तिले स्थानीयवासीलाई दुःख दिन थालेपछि कुमारीको स्थापना गरिएको जनविश्वासबारे जानकारी गराए । सो अवसरमा स्थानीयलाई प्रसाद वितरणसमेत गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया