गठबन्धन भत्काउन ठूलो षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।
१०९ औं विपी जयन्तीको अवसरमा कांग्रेस चितवन जिल्ला समितिले गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे।
‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ । गठबन्धनको विरोध गर्नु पार्टी सिध्याउने षड्यन्त्र हो’, उनले भने, ‘तर कुनै हालतमा गठबन्धन टुंट्दैन । गठबन्धन पार्टीहितमा रहेको छ ।’
देउवाले कांग्रेसलाई फाइदा हुने हिसाबले सिट बाँडफाँट हुने भन्दै अनावश्यक आशंका नगर्न कार्यकर्तालाई आग्रह गरे ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया