समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति भण्डारी
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पु-याउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ ।’
किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै उनले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताए । जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने राष्ट्रपति भण्डारीको भनाई थियो । ‘समाज परिवर्तन, राष्ट्रको उत्थानका लागि नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति हुनुपर्छ, त्यसका लागि सुपठित हुनु पहिलो शर्त हो, समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञान र सभ्यताको समृद्धि पनि हो,’ उनले भने ।
अनेक भाषा वा भएको देशमा अन्य देशमा लगेर साहित्यलाई समृद्ध बनाउने फाउण्डेशनका प्रयत्न स्वागतयोग्य रहेको उनले बताए । कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमको अथक साधना र संस्कृतिविद् सत्यमोहन जोशीको बहुआयामिकताको पनि प्रशंसा गरे ।
कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।
शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । फाउण्डेशनका अध्यक्ष ऋषिराम अधिकारीले विगत पाँच वर्षअघिदेखि किताब जात्राको आयोजना गर्दै आएको जानकारी दिए । जात्राका अवसरमा पठन संस्कृति, नेपाली साहित्यलगायत विषयमा बहस पनि आयोजना गरिने जनाइएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया