भारतमा दैनिक काेराेना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम
एएनआई । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १० हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरूले जानकारी दिएका हुन्र । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरूका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया