भारतमा दैनिक काेराेना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम
एएनआई । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १० हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरूले जानकारी दिएका हुन्र । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरूका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया