त्रि–चन्द्रमा नेविसंघ र प्रहरीबीच झडप हुँदा ५ जना विद्यार्थी घाइते
काठमाडौं । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गरेकाे राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थी घाइते भएका छन् ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलाई गरेकोमा असन्तुष्टि जनाउँदै नेविसंघले दबाबस्वरुप आइतबार राष्ट्रपतिको पुत्ला दहन गरको थियो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गर्दा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । झडपमा परी नेविसंघका ५ जना विद्यार्थी घाइते भएको नेता नारायण पाण्डेले जानकारी दिए ।
‘नागरिकता विधेयक प्रमाणिकरणमा राष्ट्रपतिको नियत राम्रो देखिएन । दलगत पूर्वाग्रह राखेर विधेयक अड्काउने काम भएको छ । संवेधनशील विषयमा उहाँले त्यसरी विधेयक अड्काउन मिल्दैन’, पाण्डेले भने, ‘प्रमाणिकरण गर्न दबाब त्रिचन्द्र नेविसंघले विरोध कार्यक्रम राखेको हो । कार्यमक्रमा प्रहरीले हस्तक्षेप गर्दा ५ जना साथीहरू सामान्य घाइते भएका छन् । विधेयक प्रमाणिकरण नभएसम्म आन्दोलन जारी रहन्छ ।’
नेविसंघले बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा विरोध कार्यक्रम राखेको थियो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरेपछि क्याम्पसभित्रबाट नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । जवाफमा बाहिरबाट प्रहरीले ढुंगा प्रहार गर्दा ५ जना विद्यार्थी घाइते भएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पास भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्न ढिलाइ गर्दा सत्तापक्षका नेताहरू रुष्ट भएका छन् । त्यसअघि दुवै सदनबाट पास भएको विधेयक राष्ट्रपति भण्डारीले १५ बुँदे सुझावसहित विधेयक संसदमै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गरेकोमा रुष्ट भएका प्रतिनिभिसभाका र राष्ट्रियसभाका सत्तापक्षका सांसदलहरूले विघेयक जस्ताकोतस्तै पारित गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया