माओवादी केन्द्रका उपमहासचिव पुनलाई कोरोना संक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको परीक्षणमा एन्टिजेन र पिसिआर दुवैबाट पुनलाई पोजिटिभ देखिएको उनका सचिवालय सदस्य दयानिधि भट्टले जानकारी दिए ।
ज्वरो आइरहेकाले उनी अहिले खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् ।
पुनलाई यसअघि कमलपित्त बिग्रिएको समस्या भएको थियो । गत वर्षमात्र उनी चीनबाट उपचार गरेर आएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया