थप एक सय ७९ मा कोरोना सङ्क्रमण पुष्टि, एक सङ्क्रमितको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५९ को नमूना परीक्षण गरिएको थियो । दुई हजार छ सयले पिसिआर र दुई हजार तीन सय ५९ को एन्टीजोन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा एक सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार पाँच सय ८४ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । होम आइसोलेसनमा दुई हजार एक सय ९०, संस्थागत आइसोलेसनमा ८१ र आइसियुमा १५ सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर र चितवन रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुला रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ९२, ललितपुर तीन सय ९९ र भक्तपुरमा ३२ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया