खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आयोजना कार्यान्वयन निर्देशनालय आग्रह गरेको छ ।
खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन निर्देशनालय सम्बन्धित सबैलाई आग्रह गरेको जनाएको छ ।
निर्देशनालयले काठमाडौंको आरुबारीमा निर्माण सम्पन्न गरी संचालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराईमा खन्दा ट्याङ्कीको सुरक्षाका लागि निर्माण गरिएको च्ऋऋ पर्खाल भत्किन गई खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको जानकारी गराएको छ ।
निनिर्देशनालयले भनेको छ, ‘तसर्थ, खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि यस आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’
निर्देशनालयको आग्रह विपरित डोजर लगाई खानेपानीका संरचनामा क्षति पु-याउनेहरुले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति समेत तिर्नुपर्नेसमेत स्पष्ट पारेको छ ।
काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी सर्वसुलभरुपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ खानेपानी ट्याङ्की निर्माण गर्दै जाने क्रममा विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य जारी रहेको छ ।
जस अनुसार, तीनचुली महाङ्कालमा ८० लाख लिटर क्षमताको, न्यू महाङ्कालमा १३ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर, गोल्फुटारमा २ लाख १० हजार लिटर र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्कीहरु निर्माण भइरहेका छन् ।
यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्याङ्कीहरु निर्माण सम्पन्न भई हाल संचालनमा रहेका छन् ।
प्रतिक्रिया