सरकारले भन्यो, ‘भारत र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिँदैनौं’
काठमाडौं । सरकारले सबै भारत, चीनलगायत सबै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी भारत, चीनलगायत अन्य कुनै पनि मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ’, नेपालवाचसँग उनले भने, ‘नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्र राष्ट्र, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ ।’
सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।
‘गठबन्धनमा आवद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दल, प्रतिनिधि सभाका सम्माननीय सभामुख र माननीय सदस्यहरू सबैलाई नेपाल सरकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया