चोलेन्द्रको अन्तिम बयान सुरु
काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सुरु भएको छ ।
समितिले राणाविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी छन् । ती प्रश्नको उत्तर आएपछि बयान आजै सकिनेछ ।
हालसम्म उनले सिफारिस समितिले तयार गरेका ४३ मध्ये ३५ प्रश्नको जवाफ दिइसकेका छन् । उनले न्यायालयलाई हानी हुने कुनै काम पनि नगरेको दाबी गर्दै उल्टै विभिन्न मानिसका पोल खोलिदिएका छन् ।
यसअघि निलम्बित प्रधानन्यायाधीश राणाको बयान आजै सकिने भएपछि समिति आन्तरिक छलफलमा जुटेको थियो ।
यस्तै, समितिले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्वपदाधिकारीहरूलाई पनि बोलाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया